जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन हुने

ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले ऋणीहरूका समस्या, गुनासा र सुझाव प्रत्यक्ष सुन्ने उद्देश्यले ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले ग्रामीण तथा दूरदराज क्षेत्रका ऋणीहरूसँग निरन्तर संवाद गर्न नयाँ कार्यक्रम ल्याइएको घोषणा गरे।

ऋणीसँग प्रत्यक्ष संवाद र सहजीकरण

“ग्रामीण क्षेत्रमा ऋणहरूसँग निरन्तर संवाद गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिनेछ,” गभर्नर पौडेलले बताए।
कार्यक्रमले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिहरूका अनुभव, कठिनाइ, र समस्याहरूको प्रत्यक्ष अवलोकन गर्दै नीतिगत सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अवाञ्छित गतिविधि नियन्त्रणमा समन्वय

बैंक तथा वित्तीय संस्थाले कानूनी प्रक्रिया अन्तर्गत कर्जा असूली गर्दा देखिएका अवाञ्छित गतिविधिहरूको जोखिम कम गर्न राष्ट्र बैंकले सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने पनि मौद्रिक नीतिमा उल्लेख छ।

राष्ट्र बैंकको यो नयाँ पहलले ऋणी–संबद्ध विवादमा पारदर्शिता, निष्पक्षता र विश्वसनीयता कायम गर्ने दिशामा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका