जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • विदेशबाट ‘आइएमई पे’मा रकम प्राप्त गर्दा ७५ रुपैयाँदेखि ५०० रुपैयाँसम्म बोनस

विदेशबाट ‘आइएमई पे’मा रकम प्राप्त गर्दा ७५ रुपैयाँदेखि ५०० रुपैयाँसम्म बोनस

डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ।

विश्वको जुन देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ। आइएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुने कम्पनीले जनाएको छ।

त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश: १००, २०० र रु ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने जनाइएको छ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुईपटक सम्म बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीको विश्वास छ।

2615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?