जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्विकृती

फिचर

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्विकृती

२० गतेबाट एकिकृत कारोबार सुरु हुने

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्विकृती

ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल गाभिएर आगामी २० गतेबाट एकिकृत कारोबार सुरु हुने भएको छ।  राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको छ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमति यसअघि नै भएको थियो। प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले सेयर लगानीकर्तालाई गत आर्थिक वर्ष २०७५–०७६ को वितरणयोग्य नाफाबाट १२.७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ हजार ७९० रुपैयाँ पुग्ने छ ।

यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । बैंकले गत आवको वितरणयोग्य नाफाबाट ६ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ । बैंकको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ ।

दुवै बैंक मर्जर पछि बन्ने ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

8815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?