जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि ३ प्रतिशत ब्याजमै ऋण

सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि ३ प्रतिशत ब्याजमै ऋण

नेपाल राष्ट्र बैंकले सञ्चार सेवा प्रदायक र खोप उत्पादन गर्ने कम्पनीलाई पनि पुनर्कर्जा दिने भएको छ। राष्ट्र बैंकले बिहीबार पुनर्कर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन गर्दै ३ प्रतिशत ब्याजमै ऋण दिने ब्यवस्था गरेको हो।

विशेष पुनर्कर्जा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा उपलब्ध गराउँछ। त्यसमा २ प्रतिशत बिन्दु मार्जिन लिएर बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशतमा ऋण उपलब्ध गराउने छन्। 

ब्रोडबेण्ड प्रबर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायकहरुले पनि यो सुविधा पाउने छन्।

साथै विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिष्टमको विकास र प्रबर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकले पनि पाउने छन्। साथै सञ्चार सेवा प्रदायक संस्थाहरु तथा सरकारबाट महामारी जन्य रोगकको उपचारको लागि मान्यता प्राप्त खोपको उत्पादन गर्ने उद्योग स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराइने छ।

8050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका