जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल बैंकले देशैभरि मनायो ग्लोबल मनि विक

नेपाल बैंकले देशैभरि मनायो ग्लोबल मनि विक

नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदानगरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । 

बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी,महिला,किसान,उद्यमीलगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुनेगरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । बाग्मती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३,मधेशप्रदेश अन्तर्गत १९,सुदुरपश्चिम र कर्णालीप्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५ हजार  सहभागि रहेका थिए । 

नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालनहुने बैंकले जनाएको छ । हालसम्म बैंकले  आफ्ना १६० शाखाहरुबाट करिब १५ हजार सहभागिहरुलाई वित्तीय साक्षरताप्रदान गरिसकेको छ । 

2875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका