जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • डेपुटी गभर्नर श्रेष्ठसँग बयान लिन बाँकी अर्को साता प्रतिवेदन

डेपुटी गभर्नर श्रेष्ठसँग बयान लिन बाँकी अर्को साता प्रतिवेदन

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाइएको समितिले अर्को साता आफ्नो रायसहितको सुझाब बुझाउने भएको छ।

राष्ट्र बैंकको सञ्चालक समितिले गठन गरेको समितिले अब श्रेष्ठसँग सोधपुछ गर्ने भएको छ। सोधपुछपछि आफ्नो सुझाब बुझाउने समितिको तयारी छ।

‘लगभग सबै काम सकिएको छ। हामीले आवश्यक अनुसन्धान गर्यौं। केही बाँकी छन्’ समितिका संयोजक तथा राष्ट्र बैंक सञ्चालक डा. श्रीराम पौडेलले बिजमाण्डूसँग भने, ‘अब श्रेष्ठजीसँग पनि आवश्यक सोधपुछ गर्ने छौं।’

समितिले श्रेष्ठसँग अहिलेसम्म कुनै लिखित वा मौखिक स्पष्टीकरण नमागेको उनले बताए। उनले लिखितभन्दा पनि मौखिक स्पष्टीकरण सोधिने जानकारी दिए।

सरकारले श्रेष्ठमाथि तीन वटा आरोप लगाउँदै त्यसको छानबिन गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठमाथि अनुसन्धान गर्न पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुवोधकुमार कर्णको समिति गठन गरिएको छ। समिति गठनसँगै श्रेष्ठ निलम्बनमा छन्।

‘सबै कोणबाट अनुसन्धान भएको छ’ पौडेलले भने, ‘हामीले निष्कर्ष निकालिसकेको छैन। श्रेष्ठसँग प्रष्टीकरण लिएपछि मात्र निष्कर्षमा पुग्छौं ।

10045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?