जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनसीसी बैंकका संस्थापकले १४ लाख कित्ता सेयर बिक्री गर्दै, एनबी समूहका प्रतिनिधिको धेरै

एनसीसी बैंकका संस्थापकले १४ लाख कित्ता सेयर बिक्री गर्दै, एनबी समूहका प्रतिनिधिको धेरै

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापकतर्फको १४ लाख २५ हजार ६६८ कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उल्लेखित संख्या बराबरको संस्थापक सेयर बिक्री गर्न लागेको हो।    

संस्थापक जेनिथ ईन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले बैंकको सर्वाधिक ११ लाख १० हजार ४१७ कित्ता सेयर बिक्री गर्न निवेदन पेस गरेको हो। यस्तै, लक्ष्मीबहादुर श्रेष्ठले आफ्नो नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। उनी एनबी समूहका सदस्य हुन्।  

बैंकका संस्थापक भुपेन्द्रराज गिरिले पनि १५ हजार २५१ कित्ता सेयर बिक्री गर्न निवेदन पेस गरेका छन्। राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई यो सेयर बिक्री आह्वान गरेको छ।

राष्ट्र बैंकको एकीकृत निर्देशन नं १०/२०७८ को बुँदा १४ (ख) अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 

5800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका