जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

एनएलजी इन्स्योरेन्स NLG Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन २१ गते बिहान १० बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सोहि अनुसार गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

5560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका