जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • जनता बैंक र ग्लोबल आइएमई बैंकको १९ गते सेवा बन्द हुने

जनता बैंक र ग्लोबल आइएमई बैंकको १९ गते सेवा बन्द हुने

जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । मर्जको अन्तिम तयारीमा रहेका  ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका हुन । दुबै बैंक एक आपसमा  गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार हुदैछ ।

मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई र जनाता मर्जपछि नेपालको ठूलो बाणिज्य बैंक चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पग्ने छ । शाखा सञ्जाल  ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् ।

10225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका