जोडिनुहोस
सोमवार, बैशाख १५, २०८२
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्‍यो विभिन्न कार्यक्रम

विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्‍यो विभिन्न कार्यक्रम

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ लाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले डिजिटल कारोबार, बैंकिङ सेवा, वित्तीय सचेतना र सुरक्षा उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी गराएको छ । १,२१२ विद्यार्थीहरू प्रत्यक्ष रूपमा वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् भने ४४८ विद्यार्थीहरू बैंकका विभिन्न शाखाहरूमा भ्रमण गरी व्यवहारिक बैंकिङ प्रशिक्षण लिएका छन् ।

सप्ताहव्यापी रूपमा सम्पन्न ३८ विभिन्न कार्यक्रमहरूमार्फत १,६६० विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले देशभरका व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्‍याउने, वित्तीय चेतना अभिवृद्धि गर्ने र आर्थिक सशक्तीकरण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

यस अभियानले वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यलाई सार्थक बनाउँदै ‘ग्लोबल मनी विक २०२५’ को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बैंकको विश्वास छ ।

220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका