जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेशनलको विशेष साधारणसभाले पारित गर्यो सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेशनलको विशेष साधारणसभाले पारित गर्यो सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभाले प्राप्ति गर्ने प्रस्ताव पारित गरेका छन्।

प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका दुबै संस्थाले बिहीबार विशेष साधारणसभाबाट प्रस्ताव अनुमोदन गराएका हुन्।

यसअघि बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

आ-आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ। दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका