आर्थिक विशेष
अहिले इमान्दार बैंकरलाई पनि काम गर्ने वातावरण छैन
भुवन दाहाल, अध्यक्ष, बैंकर्स संघ


नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले कानुनकै कारण कर्जा लगानीमा सुस्तता आएको बताएका छन। संघको ३३ औ साधारणसभालाई सम्बोधन गर्दै दाहालले अहिलेको कानुनले इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण नभएको गुनासो गरेका छन।
सानिमा बैंकका सीईओ समेत रहेका दाहालले बैंक अफ काठमान्डूका तत्कालिन सीईओ अजय श्रेष्ठको घटनापछि ऋणको फाइल स्वीकृत गर्नपनि हिच्किचाउने गरेकाे बताए। ‘केहि बैंकर्स बदमास होलान तर अहिलेको कानुनले इमान्दार बैंकरलाई समेत काम गर्ने वातावरण छैन’ दाहालले भने, ‘पहिले कर्मचारीले प्रकृया पुरा गरेको कागजात सहजै सहि गर्ने गरेपनि पछिल्लो समय फाइलमा हस्ताक्षर गर्नु पुर्व कानुन पल्टाउने गर्छु।’
त्यस्तै दाहालले आफ्नो कार्यकालमा दक्ष कर्मचारी उत्पादनमा विशेष जोड दिने लक्ष्य रहेको बताएका छन। बैंकिङ क्षेत्रको प्रमुख समस्या भनेको कर्मचारी स्थानान्तरण भएको र यसले वित्तीय जोखिम बढेको भन्दै दाहालले कर्मचारीको दक्षता बढाउँन केन्द्रित रहने स्पष्ट पारे।
त्यस्तै दाहालले बैंकहरुमा कर्मचारीको क्षमता र योग्यता भन्दा अरु काम लगाउँदा जोखिम बढेको बताए। कर्मचारीको गल्तीकै कारणले राम्रो क्षवी भएका सिइओ जेल जानू परेको हुदा त्यो अवस्था आगामी दिनमा आउन नदिन त्यसका लागि काम गर्ने त्यसमा राष्ट्र बैंकको सहयोग आवश्यक रहेको उनले बताए ।