जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकले डाक्यो ३५औं वार्षिक साधारणसभा

नबिल बैंकले डाक्यो ३५औं वार्षिक साधारणसभा

नबिल बैंकले पुस २२ गते ३५ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले यस अगाडि घोषणा गरेको ३४ प्रतिशत लाभांश पुस ७ गतेसम्म कायम शेयरधनीहरूले प्राप्त गर्न सक्ने छन्।

साधारणसभा प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले यस अगाडि गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजनसहित २२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो। यसका साथै १२ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ।

साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ। बोनस शेयरपछि कायम हुने खण्डित शेयरलाई नगद लाभांशबाट समायोजन गर्ने भएको छ। यसरी खण्डित हुने शेयरलाई पूर्ण बनाउने क्रममा शेयर स्वामित्वलाई भने तल-माथि पारिने छैन।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रूपैयाँ छ। बैंकले गत वर्ष ४ अर्ब ५ करोड रूपैयाँ नाफा गरेको थियो। नाफाबाट एक अर्ब ७६ करोड रूपैयाँ नगद लाभांशका रूपमा वितरण हुने छ। बाँकी ९६ करोड ५१ लाख रूपैयाँ बोनस शेयरका रूपमा पुँजीकृत हुने छ। यसले गर्दा चुक्ता पुँजी ९ अर्ब रूपैयाँ नाघ्ने छ।

बैंकमा विदेशी कम्पनी एनबी इन्टरनेशनलको ५० प्रतिशत शेयर स्वामित्व छ। कुल नगद लाभांशमध्ये ८८ करोड ४७ लाख रूपैयाँ विदेश जाने छ। बैंकमा राष्ट्रिय बीमा कम्पनीको ९.६७ प्रतिशत, अर्जुनबन्धु रेग्मीको १.४३ प्रतिशत, निर्वाणकुमार चौधरीको ०.८९ प्रतिशत, वरुण चौधरीको ०.८५ प्रतिशत, सारिका चौधरीको ०.७८ प्रतिशत, नेपाल ट्रष्टको ०.५९ प्रतिशत, राहुल चौधरीको ०.५९ प्रतिशत र एलआइसी नेपालको ०.५४ प्रतिशत शेयर छ ।

11085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका