जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड मर्जरको तयारीमाः नेपालकै ठूलो वाणिज्य बैंक बन्ने ?

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड मर्जरको तयारीमाः नेपालकै ठूलो वाणिज्य बैंक बन्ने ?

नेपालका ठूला दुई वटा बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच निकट भविष्यमा मर्जर भए अचम्म मान्नु पर्दैन । जनता बैंक र ग्लोबल आईएमई बैंक मिलेर बनेको ग्लोबल आईएमई बैंक लिमिटेड आजका मितिमा सबैभन्दा धेरै नाफा कमाउने बैंक र बलियो बैंक बनेको बेला ठूला एउटै पारिवारिक नाता भित्रैका प्रमोटर शेयरधनी भएका नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जरको चर्चा चुलिएको छ भन्दा अब चाहि फरक पर्दैन ।
हिमालयन बैंकका एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग खुलेरै भनेः– कुरा भएको छ । दुबै पक्ष बीच एउटा बैंक बनाउने कुरामा हामी सहमत भएकै हो । तर, पद कसरी मिलाउने भन्ने बारे र शेयर रेसियो के गर्ने भन्ने बारे अन्तिम

छलफल जारी छ । उनीले प्रस्टै भनेः– विवाहको लगन जुरेपछि मात्रै अरु कुरा गरौला । कुरा चलेको छ । मिति टुंगो भएको छैन । दुबै पक्ष मिल्ने कुरामा एकमत छन् । उनीकै शब्द सापटी लिने हो भने अब १÷२ महिनामा पछि नेपालकै पूराना नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जर हुने पक्क पक्की जस्तै देखिन्छ ।

यता नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका एक सञ्चालकले पनि नाम नलेख्ने शर्तमा भने मर्जरको कुरा चलेको छ । केही दिन देखि छलफल र कुराकानी भएका छन् । खासगरि हाम्रा अध्यक्ष पृथ्वी बहादुर पाण्डेले हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गर्न चासो देखाउनु भएका कारण हामी बीच मर्जर हुने कुरा पक्का पक्की जस्तै छ नि ।

भनिन्छ, दुवै बैंकका मर्जर कमिटी बीच नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेडले मर्जरमा जाने सन्देश दिने खालको लाभाशं मिल्दो जुल्दो हुने गरि १५ देखि २० प्रतिशत गर्ने भिनी सहमति समेत भएको ती सञ्चालकको दाबी छ ।
दुवै बैंक स्थापित पुराना र राम्रा बैंक भएका कारण स्वाप रेसियो पनि १ शेयर बराबर १ शेयर नै हुने सहमती समेत भएको स्रोतको दाबी छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता बीचको पारिवारिक सम्बन्ध यी बैंक एक आपसमा गाभिने चर्चा लामो समयदेखि हुँदै आएको छ र, मर्जरमा जाँदा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पहिलो रोजाई हिमालयन बैंक हो भने हिमालयन बैंकको पहिलो रोजाइ पनि नेपाल इन्भेष्टमेन्ट बैंक नै हो भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ युवा बैंकर ज्योति प्रकाश पाण्डे छन् । हिमालयन बैंकका सीइओ राष्ट्र बैंकका पहिलो गर्भनर हिमालयन शम्सेर जवराका छोरा अशोक राणा छन् । बंैक अध्यक्षमा नेपाल इन्भेष्टमेण्ट बैंकमा पृथ्वी बहादुर पाण्डे छन् भने हिमालयन बैंकमा तुलसीराम गौतम छन् । गौतम सञ्चयकोषका प्रमुख हुन् ।

ती सञ्चालकले पंक्तिकारसंग प्रस्टै भने अध्यक्ष को बन्ने भने बारे विवाद छैन । सीइओको बारे चहि कसरी मिलाउने भन्ने बारे कठिन छ । यी दुई बैंक मर्जर भए अध्यक्ष पृथ्वी बहादुर पाण्डे हुने र सीइओ अशोक सम्शेर राणा हुने हुँदा युवा बैंकर ज्योति प्रकाश पाण्डे माथी अन्याय हुने भएकाले यसबारेमा पनि छलफल जारी छ नि ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता बीचको पारिवारिक सम्बन्ध यी बैंक एक आपसमा गाभिने चर्चा लामो समयदेखि हुँदै आएको छ र, मर्जरमा जाँदा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पहिलो रोजाई हिमालयन बैंक हो भने हिमालयन बैंकको पहिलो रोजाइ पनि नेपाल इन्भेष्टमेन्ट बैंक नै हो भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक मर्जरमा गएर एनआइसी एशिया र ग्लोबल आइएमई बैंक भन्दा बलियो, सक्षम र सबल बैंक बन्ने निश्चित देखिन्छ भन्दा फरक पर्दैन ।  हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतमको बैंकमा व्यक्तिगतरुपमा सेयर छैन । उनी कर्मचारी सञ्चयकोषका जागिरे हुन् । उनी संस्थागत प्रतिनिधित्व गरेर बैंकको अध्यक्ष बनेका हुन् । गौतम व्यापारी नभएकाले भोलिको ठूलो नाफाघाटा र आफ्नो पद के होला भनेर हेर्दैन् । बरु आफू अध्यक्ष भएको बेला सरकारी नीतिअनुरुप बिग मर्जर गराएको जस लिने पक्षमा उनी छन् भन्दा फरक पर्दैन, गर्भनर साब ।

हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको लगानी रहेको छ भने हबिबले लगानी फिर्ता लैजाने आशय प्रकट गरिसकेको देखिन्छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर भए विनोद चौधरीको चर्को लगानी रहेको आफूलाई ठूलो भन्दै आएको नबिल बैंकलाई झड्का लाग्ने पक्का पक्की छ भन्दा फरक पर्दैन । सबैभन्दा बढी दबाब नविल बैंकलाई पर्ने छ । किनभने एक नम्बरको ताज खोसिएपछि यस बैंकलाई पनि आक्रमकरुपमा अगाडि बढ्न र विशेषगरी राष्ट्रबैंकको

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकक अध्यक्ष तुलसीराम गौतमबीच धेरै पटक मर्जरको बारेमा छलफल भएको खुलेको छ । यदि मर्जर भए हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । यसमा दुईमत छैन । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्बमा रिजर्बमा १२ अर्ब १ करोड ५४ लाख २१ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८४ अर्ब ७३ करोड ४२ लाख ७१ हजार रुपैयाँ निक्षेप छ । कर्जा १ खर्ब ३९ अर्ब २ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको देखिन्छ ।

हिमालयन बैंकसँग ९ अर्ब ३७ करोड २२ लाख ८१ ह्जार ४२८ रुपैयाँ चुक्ता पूँजी छ । रिजर्बमा ६ अर्ब ८ करोड ७ लाख ६ हजार ७५९ रहेको छ । यस्तै निक्षेप १ खर्ब २८ अर्ब र कर्जा ९९ अर्ब ३८ करोड रहेको देखिन्छ भन्दा फरक पर्दैन ।
यदि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड मर्जर भए बैंकको चुक्ता पूँजी करिब २५ अर्ब पुग्ने देखिन्छ । यस्तै रिजर्बमा १८ अर्ब ९० करोड रहेको छ । निक्षेप ३ खर्ब १२ अर्ब रुपैयाँ हुन्छ । जुन २७ वाणिज्य बैंकमा सबैभन्दा बढी हुनेछ । यस्तै कर्जा २ खर्ब ३४ अर्ब पुग्ने निश्चित छ ।

हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको लगानी रहेको छ भने हबिबले लगानी फिर्ता लैजाने आशय प्रकट गरिसकेको देखिन्छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर भए विनोद चौधरीको चर्को लगानी रहेको आफूलाई ठूलो भन्दै आएको नबिल बैंकलाई झड्का लाग्ने पक्का पक्की छ भन्दा फरक पर्दैन । सबैभन्दा बढी दबाब नविल बैंकलाई पर्ने छ । किनभने एक नम्बरको ताज खोसिएपछि यस बैंकलाई पनि आक्रमकरुपमा अगाडि बढ्न र विशेषगरी राष्ट्रबैंकको

बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न दबाब बढ्ने छ भन्दा फरक पर्दैन । यी दुई ठुला र मजबुद बैंक मर्जर भए नेपालको इतिहासमै ठूलो र उच्च खानदानी बैंक बन्ने देखिन्छ । सचेत भया ।

9475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका