जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु बैंकको २०२औँ शाखा कपिलवस्तुको तौलिहवामा

प्रभु बैंकको २०२औँ शाखा कपिलवस्तुको तौलिहवामा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबार बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एक समारोहबीच गरेका हुन् ।

उक्त अवसरमा मेयर सिंहले प्रभु बैंकले तौलिहवामा  शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए । बैंकको तौलिहवा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटिय संख्या १५२ पुगेको बैंकले जनाएको छ ।

12160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका