जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एक दर्जन बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा, पुँजी कोषको दबाब

एक दर्जन बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा, पुँजी कोषको दबाब

पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्था प्राथमिक पुँजी कोषको सकसमा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार केही बैंक तथा वित्त कम्पनीहरुको प्राथमिक पुँजी कोष टाइट बन्दै गएको छ ।

विशेष गरी आधा दर्जन वाणिज्य बैंक अहिले ठूलो दबाबमा छन् । ती बैंकहरु पुँजी कोष अनुपातकै कारण व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विशेषगर िअहिले कुमारी बैंक, प्रभु र माछापुच्छ्रे बैंकलाई बढी असर देखिएको छ । यी तीन वटा बैंकको प्राथमिक पुँजी कोष क्रमशः ८.८३ प्रतिशत, ८.९१ र ९.०२ प्रतिशत छ ।

यस्तै, सद्धार्थ, एनआईसी एशिया र हिमालयन बैंकको प्राथमिक पुँजी कोष पनि ९ प्रतिशतको हाराहारीमा छ । गत असार मसान्तमसम्मको तथ्यांक अनुसार यी बैंकहरुको पुँजी कोष क्रमशः ९.४४ प्रतिशत, ९.५२ प्रतिशत र ९.९६ प्रतिशत छ ।

यस्तै, आधा दर्जन विकास बैंक पनि प्राथमिक पुँजी कोषको दबाबमा छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांक अनुसार मुक्तिनाथ विकास बैंकको ८.९५ प्रतिशत, कामना सेवा विकास बैंकको ८.५८ प्रतिशत प्राथमिक पुँजी कोष छ ।

यस्तै, चार वटा बैंक ९ प्रतिशतको हारहारीमा छन् । ज्योति विकास बैंकको ९.२४ प्रतिशत, लुम्बिनी विकास बैंकको ९.८३ प्रतिशत, साँग्रिला विकास बैंकको ९.४३ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ९.३० प्रतिशत प्राथमिक पुँजी कोष छ । अन्य विकास बैंक भने सहज अवस्थामा छन् । चार बैंक १० प्रतिशतको हाराहारीमा छन् भने तीन बैंक ११ र चार बैंकले न्यूनतम १७ देखि अधिकतम् ४० प्रतिशतको पुँजी कोष कायम गरेका छन् ।

यस्तै, अधिकांश वित्त कम्पनीहरु भने सहज अवस्थामा देखिन्छन् । १५ वटा वित्त कम्पनीको प्राथमिक पुँजी कोष न्यूनतम ९ प्रतिशतदेखि अधिकतम् ४१ प्रतिशतसम्म छ ।

प्राथमिक पुँजी कोष कायम गर्न नसकेका बैंकहरुले सेयरधनीलाई लाभांश विपतरण गर्न पाउँदैनन् । हाल प्राथमिक पुँजी कोषको सीमा साढे ८ प्रतिशत भएपनि आगामी असार मसान्तसम्म ९ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले यी बैंकहरुूलाई थप समस्या सिर्जना हुनेछ भने बिजनेस विस्तारसँगै लाभांश वितरण गर्न पनि पाउने छैनन् ।चालु आर्थिक वर्ष २०८०/८१ भित्र ९ प्रतिशतको प्राथमिक पुँजी कोष कायम गर्न नसक्ने बैंकले लाभांश वितरण गर्न नपाउने विषय राष्ट्र बैंकले स्पष्ट पारिसकेको छ ।

राष्ट्र बैंकले यसअघि नै एकीकृत निर्देशन जारी गर्दै काउन्टर साइक्लिकल बफर थप ०.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थासँगै बैंकहरुले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने हुन्छ । यो किसिमबाट हेर्दा आगामी आर्थिक वर्षमा एक दर्जन बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिन्छ ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?