जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शौरभ ज्योति महासंघको कार्यसमिति सदस्यमा मनोनित, गण्डकी प्रदेशको विवाद समाधान

शौरभ ज्योति महासंघको कार्यसमिति सदस्यमा मनोनित, गण्डकी प्रदेशको विवाद समाधान

नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा सौरभ ज्योति मनोनित भएका छन्। हालै सम्पन्न महासंघको निर्वाचनमा शेखर गोल्छाको समुहबाट एसोसिएट उपाध्यक्षमा पराजित सौरभ ज्योतिलाई महासंघको आज बसेको कार्यसमितिको बैठकले कार्यकारी सदस्य पदमा मनोनित गरेको हो।

सदस्य पदमा मनोनित ज्योतिले महासंघको आज भएको कार्यसमिति सदस्य बैंठकमा एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिए। सौरभ ज्योति एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाईसँग मात्र २१ मतले पराजित भएका थिए।

त्यस्तै महासंघको आजको बैठकले महासंघको गण्डकी प्रदेशको अध्यक्षमा देखिएको विवाद समेत समाधान गरेको छ। गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्वाचित अध्यक्ष कोइरालालाई महासंघका अध्यक्ष शेखर गोल्छाले विधान सम्मत पद तथा गोपनियाताको शपथ खुवाएसँगै विवाद टुङ्गिएको हो। हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित कोइरालाको उम्मेदवारी विधान सम्मत नभएको भन्दै विवाद निस्किएको थियो।

त्यस्तै महासंघको आजको बैठकले जितपुर उद्योग बाणिज्य संघलाई महासंघको सदस्यता दिएको छ। महासंघको ५४ औं बार्षिक साधारणसभा पश्चात दुई पटक अनलाइन मार्फत कार्यसमितिको बैठक बसेपनि आज पहिलो पटक भौतिक रुपमा महासंघको नवनिर्वाचित कार्यसमितिको बैठक बसेको हो।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका