जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकको आवास कर्जामा आकर्षक सुविधाहरु

महालक्ष्मी विकास बेैंकको आवास कर्जामा आकर्षक सुविधाहरु

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैकले यस कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको अधिकतम ९०% सम्म कर्जा प्रवाह गर्ने छ, भने घर खरिदमा अधिकतम ७०% सम्म कर्जा लगानी गर्ने छ ।

कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु बैकले प्रदान गर्ने छ । बजारमा हुनसक्ने उतार चढावबाट ऋणिलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत् रहन पनि सक्ने व्यवस्था छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

11030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?