जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याजमा इन्धन गाडीका लागि ऋण दिने, ब्याज नबढ्ने

ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याजमा इन्धन गाडीका लागि ऋण दिने, ब्याज नबढ्ने

तपाइँ किस्ताबन्दीमा गाडी खरीद गर्न चाहँदै हुनु हुन्छ? ग्लोबल आइएमइ बैंकले १०.९९ प्रतिशत ब्याज दरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ।

बैंकले सात बर्ष अवधिका लागि ऋण दिने छ। सात बर्षसम्म ब्याज नबढ्ने बैंकले जनाएको छ। विद्युतीय सवारी साधनका लागि बैंकले १०.४९ प्रतिशत ब्याजमै ऋण दिने जनाएको छ।

ऋणका लागि इच्छुकले बैंकका शाखाहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ। यसबाहेक बैंकको वेवसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ।

नेपाली नागरिक जो २१ बर्ष पुरा भएर ७० बर्ष ननाघेकाहरुले ऋणका लागि आवेदन दिन सक्छन्। नियमित आयको स्रोतका साथै राम्रो क्रेडिट इतिहास भएकाहरुले ऋण पाउने बैंकले जनाएको छ।

गाडीको मूल्यका आधारमा बैंकले ऋण दिने छ। विद्युतीयमा मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाइने छ। इन्धन गाडीको हकमा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने बैंकले जनाएको छ।

4175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका