जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • १५ दिनमा ३९ कम्पनीको एजीएम

१५ दिनमा ३९ कम्पनीको एजीएम

१५ दिनमा ३९ सूचीकृत कम्पनीले एजीएम गर्दै छन् । अन्तिम समयमा एकैपटक वार्षिक साधारणसभा गर्दा ठाउँको समेत अभाव भएको छ। पुस १५ देखि २९ गतेसम्म कुल ३९ कम्पनीले एजीएम गर्दै छन् ।

सबैभन्दा बढी लघुवित्तको एजीएम परेको छ । १५ दिनमा १५ वटा लघुवित्तको एजीएम छ । इन्फिनिटी लघुवित्तले पुस १८ गते, नयाँ नेपालले पुस १९ गते, स्वलम्बनले पुस २० गते, आरएमडीसीले पुस २३ गते, ग्रामीणले पुस २५ गते, किसान, माहुली साना किसान, विजय र घोडाघोडीले पुस २६ गते एजीएम गर्दै छन् ।

१५ दिनको बीचमा तेस्रो बढी एजीएम गर्नेमा वाणिज्य बैंक पनि छन् । पुस १५ देखि २९ गतेसम्म ६ वाणिज्य बैंकले वार्षिक साधारणसभा गर्दैछन् । नबिल बैंकले पुस २२ गते, एभरेष्ट बैंकले पुस २३ गते, एनएमबी बैंकले पुस २४ गते, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले पुस २५ गते एजीएम गर्दै छन् । यस्तै कृषि विकास बैंकले पुस २७ गते वार्षिक साधारणसभा राखेको छ ।

नेपाल वित्तीय  प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न समय लागेकाले पनि वार्षिक साधारण सभा ढिला भएको बिमा कम्पनीहरुको भनाइ छ । पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्ने कम्पनीलाई राम्रो मनिन्छ ।

7565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका