जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवाकोे ओभरड्राफ्ट कार्ड सेवा शुभारम्भ

कामना सेवाकोे ओभरड्राफ्ट कार्ड सेवा शुभारम्भ

 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने ओभरड्राफ्ट कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओभरड्राफ्ट कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त ओभरड्राफ्ट कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताउनु भयो । साथै, ओभरड्राफ्ट कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गर्नुभएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

9745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका