जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले काठमाडौं महानग।पालिका –१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयमा विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामाग्री प्रदान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो ।

उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

6420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका