जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नाफामा ‘नम्बर वान’ बन्यो हिमालयन लाइफ: सूर्यज्योति, आइएमई र नेशनलबीच टक्कर, नेपाल लाइफ चौथो सूचीमा

नाफामा ‘नम्बर वान’ बन्यो हिमालयन लाइफ: सूर्यज्योति, आइएमई र नेशनलबीच टक्कर, नेपाल लाइफ चौथो सूचीमा

काठमाडौं । नाफामा हिमालयन लाइफ इन्स्योरेन्स नम्बर वान बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीमध्ये हिमालयन लाइफले सबैभन्दा धेरै नाफा कमाएको हो ।

समीक्षा अवधिमा कम्पनीले २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । साबिकको प्राइम, युनियन र गुराँस लाइफ एक आपसमा गाभिएर हिमालयन लाइफ बनेको हो । मर्जरपछि कम्पनीको वित्तीय अवस्था सुधार हुँदै गएको छ ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पहिलो त्रैमासमा कम्पनीहरूले कुल १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । योमध्ये हिमालयन लाइफको हिस्सा सर्वाधिक रहेको छ ।

पहिलो त्रैमासमा नाफाका आधारमा भने एशियन लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ६१ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले पनि १६ करोड ५३ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मुख्य सूचकहरूमा जेठो मानिने नेपाल लाइफ भने पहिलो त्रैमासमा धेरै नाफा कमाउनेको चौथो सूचीमा पुगेको छ । पहिलो त्रैमासमा नेपाल लाइफले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो ।

सूर्यज्योति, आइएमई र नेशनल लाइफको नाफा करिव करिव बराबरी छ । यी तीन कम्पनीबीच नाफा टक्कर देखिएको छ । चालु आवको पहिलो त्रैमासमा यी तीन कम्पनीहरुको खुद नाफा १३ करोड माथि पुगेको छ । सूर्य ज्योति लाइफले १३ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले १३ करोड ३ लाख, नेशनल लाइफले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, चालु आवको पहिलो त्रैमासमा रिलायवल नेपाल लाइफले ११ करोड ९४ लाख रुपैयाँ, सानिमा रिलायन्सले ११ करोड ८ लाख र प्रभु महालक्ष्मी लाइफले पनि १० करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।

पहिलो त्रैमासमा चार वटा जीवन बीमा कम्पनीको नाफा भने १० करोड भन्दा तल छ । समीक्षा अवधिमा मेट लाइफले ९ करोड २५ लाख, सिटिजनले ७ करोड १४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ५ करोड ९७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड २० लाख रुपैयाँ मात्रै नाफा गरेका छन् ।

800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?