जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्थाहरुमा पटक/पटक किन आयो तरलता अभावः पैसा खोसाखोसको कोर बैंकिङ्ग ?

बैंक र वित्तिय संस्थाहरुमा पटक/पटक किन आयो तरलता अभावः पैसा खोसाखोसको कोर बैंकिङ्ग ?

नेपालका बैंक र वित्तिय संस्थाहरुमा क्यासर रोग झै बेला बखत पैसा अभाव (तरलता अभाव) आउने गरेको छ भन्दा अब चाहि फरक पर्दैन । विगत वर्षहरुमा झै यस वर्ष पनि बैंक र वित्तिय संस्थाहरुमा चर्को तरलता अभाव भएको समाचार मात्रै आएका छैनन् । वाणिजय बैंकहरुले नै नेपाल बैंकर्स संघको सहमती र सहकार्यलाई तोड्लै करिब–करिब ११ प्रतिशतका डिपोजिटका प्रोडक्ट बजारमा ल्याएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

मुद्दती डिपोजिटमा नेपालकै ठूलो, बलियो र पूरानो बैंक नबिल बैंक लिमिटेडले समेत करिब १० प्रतिशत भन्दा माथीको मुद्दती निक्षेपको योजना ल्यायपछि बैंकहरुमा तरलता खोसाखोसको आतंकनै छ भन्दा फरक पर्दैन । समयमै राज्यले खर्च गर्ने बजेट सदनबाट पारित नभएपछि र राज्यले खर्च नगरेपछि बैंक र वित्तिय संस्थाभित्र पैसा आउन नसकेको हो भन्दा फरक पर्दैन ।
अधिकाशं वाणिज्य बैंकहरुमा पैसा अभाव भएपछि ठूला लगानीकर्ता, संस्थागत डिपोजटिकर्ताहरुको शान मात्रै बढेको छैन उनीहरुको भाउ समेत बढेको देखिन्छ । यहि मौका छोपी उनीहरुले व्याजमा बार्गेनिङ्ग गर्ने, विदेश भ्रमणको प्रस्ताव गर्ने गरेका छन् भन्दा अब चाहि फरक पर्दैन ।
यस्ता विकृतीहरुले गर्दा नै अहिले विकास बैंक भन्दा वाणिज्य बैंकहरुमा पैसा खोसाखोसको अवस्था आएको छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । अर्को महत्वपूर्ण कुरा पनि के छ भने बैंक र वित्तिय संस्थाहरुले १०÷११ प्रतिशतमा मुद्दती निक्षेप भित्र्याएपछि कर्जामा ठूलो असर पर्ने देखिन्छ । कर्जाका ग्राहकले १३÷१४ प्रतिशतमा कर्जा लिनु पर्ने बाध्यता अब नआउला भन्न सकिदैन । यसबारे बैंक र वित्तिय संस्थाहरुको नियमक निकाय राष्ट्र बैंकले सोच्नु पर्दछ की पर्दैन गर्नभर साब ?

ब्याज बढाउने वाणिज्य बैंकहरु माथी कारवाही गछौं भन्दै बोल्ने राष्ट्र बैंकले समस्याको समाधान तर्फ लाग्नु पर्दछ कि पर्दैन ? वाणिज्य बैंकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न धौ धौ परेको यो बेला सहजीकरण र सहुलीयतका प्याकेज दिने काम राष्ट्र बैंकबाट हुनुपर्दछ कि पर्दैन ?
अर्को पक्ष पनि के छ भने बजारमा आएको ठूलो पैसा मंहगो ब्याजदरमा वाणिज्य बैंक भित्र पुगेकाले अहिले शेयर बजार रातो भएको छ शेयर किन्नेहरु ब्याजकै लोभमा फसेपछि शेयर बजार ओरालो लागेको हो भन्दा फरक पर्दैन ।

त्यसकारण चर्को डिपोजिटको ब्याजदरले कति ठूलो असर गरेको छ । यी माथीका शब्दहरुबाटै प्रस्ट देखिन्छ । त्यसकारण समयमै राष्ट्र बैंकहले समस्याका उपाय निकाली समाधान खोज्नु जरुरी देखिन्छ । सचेत भया ।

8760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?