जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एसिया बैंकले भन्यो- असुरक्षा बढ्यो, अराजक गतिविधि गर्ने व्यक्तिमाथि कारबाही होस्

एनआइसी एसिया बैंकले भन्यो- असुरक्षा बढ्यो, अराजक गतिविधि गर्ने व्यक्तिमाथि कारबाही होस्

एनआइसी एसिया बैंकले कर्मचारीमाथिको दूर्व्यवहारले बैंकिङ क्षेत्र नै असुरक्षित भएको बताएको छ। बैंकले इटहरी शाखाका आफ्ना कर्मचारीमाथि भएको अराजक गतिविधिलाई लिएर बैंकिङ क्षेत्र नै असुरक्षित भएको बताएको हो।

‘इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैंकले प्रेस विज्ञप्ति निकालेर भनेको छ, ‘बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानुनी गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीसँगसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ।’

बैंकले कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यका साथ पेट्रोल छर्कने जस्ता क्रियाकलापका कारण कर्मचारीले असुरक्षा महसुस गरिरहेको भन्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न र सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

अराजक समूहको नेतृत्व गरेका एक व्यक्तिले ‘आत्मदाह गर्छु’ भन्दै सोमबार बैंकको इटहरी शाखा पुगेर कर्मचारीमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए। ती व्यक्ति एनआइसी एसियाका ऋणी नै नभएको खुलेको छ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका