जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न

लाभांश धेरै दिनसक्नेगरि काम गर्न सेयरधनीले प्राइम कमर्सियल बैंकको व्यवस्थापनलाई सुझाव दिएका छन् । बैंकको शुक्रवार भएको १२ औं वार्षिक साधारणसभामा बोल्ने सेयरधनीले आगामी वर्षमा पनि अझ धेरै लाभांश बढ्ने काम गर्नुपर्ने बताए।

कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको प्राइम बैंकलाई अझै अर्को राम्रो बैंक मर्ज गर्न सेयरधनीहरूले सुझाए। हरेक वर्ष बोनस सेयर प्रदान गर्दै आएको प्राइमलाई आगामी दिनमा पनि बोनस शेयर वितरण गरिरहन उनीहरुको आग्रह थियो। साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ। बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रूपैयाँ छ। कन्काइ विकास बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रूपैयाँ पुग्नेछ। बैंकले यसै पुँजीमा १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो।

कैलाश विकास बैंकलाई प्राप्ति गरि बोनस सेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा कर्मचारीहरूका लागि ८८ करोड ८३ लाख रूपैयाँ खर्च भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बोनसबाहेक तलब भत्ता तथा अन्य सुविधा वापत एक करोड ९ लाख रूपैयाँ बुझेका छन्।

पदाधिकारीले बोनसबाहेक एक करोड २३ लाख रूपैयाँ बुझेका छन्।
कर्मचारीहरूले तलबमात्रै २१ करोड ७६ लाख रूपैयाँ बुझ्दा बोनस भने ३४ करोड ९९ लाख रूपैयाँ पाएका छन्। कर्मचारीहरूले तलबभन्दा अन्य सुविधा तथा बोनस धेरै प्राप्त गरेका छन्।

12625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?