जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई एक्वायर गर्ने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको पत्र आज सोमबार प्राप्त भएकोले सिटी एक्सप्रेसको सेयर कारोबार रोक्का गरिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

ससाना फाइनान्स प्राप्ति गरिरहेको नेपाल इन्भेस्टमेन्ट बैंकले पछिल्लोपटक सिटी एक्सप्रेसलाई प्राप्ति गर्न लागेको हो । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई १००ः३३ कित्ता अनुपातमा प्राप्ति गरेको थियो ।

जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीको आकार निकै मजबुत छ । यो बैंकका अन्य सूचक समेत बलिया छन् । बलियो बैंक भएकै कारण नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बिग मर्जर’मा खासै चासो दिएको छैन ।

यो बैंकले ठूला बैंक९वाणिज्य० बैंकसँग मर्जर नगर्ने, बरु ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर पूँजीको आकार ठूलो बनाउने रणनीति बनाएको छ । यहीकारण यो बैंक राम्रो वित्तीय अवस्था भएका र शाखा सञ्जाल पनि राम्रो भएको क्षेत्रीय बैंकतर्फ आँखा दौडाइरहेको छ ।

प्राप्तिको माध्यमबाट समेत आफ्नो कमजोर शाखा सञ्जाललाई केही बलियो बनाउन सकिन्छ कि भन्ने दाउ यो बैंकले हेरिरहेको छ ।

8730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका