जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना महामारी नियन्त्रणमा निफ्राको ४९ लाख रुपैयाँ सहयोग

कोरोना महामारी नियन्त्रणमा निफ्राको ४९ लाख रुपैयाँ सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रलाई नगद सहयोग गरेको छ ।

बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोस्रो लहरको महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका सात वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

यो सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका