जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको थप २३ नयाँ शाखा

नबिल बैंकको थप २३ नयाँ शाखा

नबिल बैंक लिमिटेडले थप २३ स्थानमा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ। देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंकले ५ वटा प्रदेशमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ थपिएका शाआहरुमा प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट शाखा तथा प्रदेश २ मा मिर्चैया, गोलबजार, सिरहा र चन्द्रपुर, प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा शाखा रहेका छन्। यस्तै, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखा रहेका छन्।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १०२ शाखा, १४३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ।

8890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका