जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अब फरक बैंकको एटीएमबाट रकम झिक्दा अधिकतम १५ रुपैयाँ शुल्क लाग्ने

अब फरक बैंकको एटीएमबाट रकम झिक्दा अधिकतम १५ रुपैयाँ शुल्क लाग्ने

अन्तर बैंक एटीएम शुल्क घटेको छ । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्को बैंक एटीएममा प्रयोग गरि रकम झिक्दा लाग्ने शुल्क घटाएको हो ।

राष्ट्र बैंकले जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ले यस्तो व्यवस्था गरेको हो । अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लिन सक्नेछन् ।

यसअघि बैंकहरुले २० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । अब भने अधितमम १५ रुपैयाँसम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, राष्ट्र बैंकले मासिक २ वटा अन्तर बैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्था भने हटाइएको छ ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका