जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सानिमा लाइफको आइपीओ नेप्सेमा सुचिकृत

सानिमा लाइफको आइपीओ नेप्सेमा सुचिकृत

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । आज कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्सेका तर्फबाट निमित्त सीईओ निरन्जन फुयाल र कम्पनीका तर्फबाट सीईओ अगम मुखियाले  हस्ताक्षर  गरेका छन्।  कम्पनीको २ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । यससँगै अब कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।

कम्पनीको शेयर डिम्याट खातामा आएसँगै दोस्रो बजारमा कारोबार हुन लागेको हो । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’        सिम्बोल प्रदान गरिएको छ ।

दोश्रो बजारमा हुने पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

2275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका