जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • उपदान र उपहारको नाममा लिइएको रकम १५ दिन भित्र असुल उपर गर्न राष्ट्र बैंकको लुम्बिनी विकास बैंकलाई निर्देशन

उपदान र उपहारको नाममा लिइएको रकम १५ दिन भित्र  असुल उपर गर्न राष्ट्र बैंकको लुम्बिनी विकास बैंकलाई  निर्देशन

हजारौं जनताको डिपोजिट भएको लुम्बिनी विकास बैंक भित्र एउटा सञ्चालकले उपदान र उपहारको नाममा ४१ लाखको लुट भच्चाएको छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । लुम्बिनी विकास बैंक लिमिटेड भित्र एक पछि अर्को घोटाला काण्ड भएको तथ्य फेला परेको छ ।

तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडका तत्कालीन प्रबन्धक सञ्चालक एवं हाल (मर्जर पछि) बनेको लुम्बिनी विकास बैंकका सञ्चालक चिन्तामणी भट्टराईले लिएको उपदान र उपहारको ४१ लाख रकम १५ दिन भित्र असुल उपर गर्न राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समितिको नाममा मिति २०७६÷०५÷२५ गते निर्देशन दिएको खुलेको छ । सञ्चालक चिन्तामणी भट्टराईले तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडमा रहँदा आफ्नो करार अवधी २०६३÷११÷२२ को सम्झौतासम्म लागु हुने भनी २०६३÷११÷१३ को सञ्चालक समितिको निर्णय भएको भनी झुटो पत्र बनाई गाडी मर्मत सम्भार र तेल शिर्षकमा ४ लाख ६७ हजार र उपदान वापत ३४ लाख ३६ हजार लिएको राष्ट्र बैंक विशेष स्थलगत निरिक्षणबाट फेला परेको देखिएको उक्त पत्रमा उल्लेख गरिएको छ । सो बारे राष्ट्र बैंकले लुम्बिनी विकास बैंकका सञ्चालक चिन्तामणी भट्टराईसंग स्पष्टिकरण सोधेको र सो चित्त बुझ्दो नभएपछि सो ४१ लाख रकम असुल उपर गर्न लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको देखिन्छ ।

पटक÷पटक सो रकम असुल उपर गर्न लुम्बिनी विकास बैंकलाई राष्ट्र बैंकले पत्राचार गरेपनि राष्ट्र बैंकको निर्देशन बिरुद्ध सञ्चालक भट्टराई अदालत गएको स्रोतको दाबी छ ।
जनताको डिपोजिटबाट उपहार र उपदानको नाममा बैंकको रकम घुमाउरो बाटोबाट लुट्ने सञ्चालक चिन्तामणी भट्टराई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालका साथी हुन् । उनीहरु दुबै कांग्रेसी र पाल्पा घर भएका कारण कारवाही प्रक्रिया लामो समय राष्ट्र बैंक भित्रै गायब भएपछि विभिन्न सञ्चार माध्याममा समाचार आएका कारण विकास बैंक सुपरिवेक्षण विभागले वाध्य भएर तेस्रो पटक २०७६÷०५÷२५ गते बैंकलाई पत्र लेख्दै सो ४१ लाख १५ दिन भित्र असूल उपर गरि बिल भौचर सहित राष्ट्र बैंकमा पठाउनु भनी निर्देशन जारी गरेको खुलेको छ । सो विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

विकास बैंक सुपरिवेक्षण विभागको पत्रमा भनिएको छ । त्यस संस्थाका सञ्चालक (साविक लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालक चिन्तामणी भट्टराईले नेपाल राष्ट्र बैंकको अघिल्लो निर्देशनलाई पुनविचार गरी “गैरकानुनी आर्थिक दायित्वबारे मुक्त गरिपाऊ” भन्ने विषय उल्लेख गरि पेश गरेको निवेदनको सम्बन्धमा पुन निर्णयमा पुनविचार गर्नुपर्ने नदेखिएको राष्ट्र बैंकको निर्णय अनुसार निजबाट उपदान र उपहार स्वरुप लिएको सबै रकम असुल उपर गर्न लुम्बिनी विकास बैंक सञ्चालक समितिलाई निर्देशन गर्दछौं ।

पत्रमा भनिएको छः– चिन्तामणी भट्टराईले उपहार स्वरुप भनी सवारीको इन्धन र सवारी मर्मत तथा सम्भार खर्च वापतको ४,६७०६२ रुपैया र उनीले लिएको उपदान वापतको ३४ लाख ३६ हजार ४ सय ३८ रुपैया १५ दिन भित्र असुल उपर गराई राष्ट्र बैंकलाई बिल भौचर सहित जानकारी गराउने भनिएको छ । लुम्बिनी विकास बैंकको जनताको डिपोजिटको पैसा उपदान र उपहार वापत लिएका सञ्चालक भट्टराईले नबुझाए के हुन्छ भनी राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटी गरिएको प्रश्नमा उहाँले भन्नुभयो निर्देशन पालना नभए कारवाही हुन्छ, पत्राचार भएको सत्य हो । उहाँले पुनविचार गर्न निवेदन पनि दिएका थिए । सबै अध्ययन ग¥यो र यहाँलाई उपहार र उपदानको सबै पैसा फिर्ता गर्न राष्ट्र बैंकले पत्राचार २ पटक गरेको छ । जनताको पैसा माथी बदमासी गर्ने अधिकार कसैलाई पनि छैन ।

गत भाद्र २५ गतेको राष्ट्र बैंकको निर्देशन अझै पालना नगर्ने लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराईलाई किन कारवाही भएन पत्रमा १५ दिन भित्र उपहार र उपदान असुली गर्ने भनिएको छ नि भनिएको अर्को प्रश्नमा डिपुटी गर्भनर सिवाकोटीले भनेः– अटेर गर्नेलाई हदैसम्मको कारवाही हुन्छ । नबुझाए छानवीन गर्न सीआईबीलाई पत्राचार हुन्छ । बदमासी भएको छ जनताको पैसा बुझाउने दायित्व सञ्चालक समितिले लिनुपर्दछ । नत्र राष्ट्र बैंक चुप लागेर बस्दैन ।
पटक÷पटक राष्ट्र बैंकको निर्देशन लुम्बिनी विकास बैंकको सञ्चालक समितिले नमानेमा राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समिति विघटन गर्न सम्मको कारवाही हुने देखिन्छ ।

लुम्बिनी विकास बैंकका लगानीकर्ताहरुले चिन्तामणी भट्टराईको उपहार र उपदानको बारे हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराएको समाचार स्रोतको दाबी छ ।
स्मरणीय होस् हाम्रो उद्देश्य जनताको डिपोजिटको पैसा सुरक्षित होस् भन्ने हो । कसैको बदनाम गराउने र चरित्र हत्या गर्ने उद्देश्य होइन । पत्रमा जे छ हामीले त्यही पाठक सामु राखेका छौं । सचेत भया ।

२०७६ भाद्र २० गते वर्ष ७ अंक ७ को राजतिलक साप्ताहिक पत्रिकामा लुम्बिनी विकास बैंकको बारेमा प्रमाण सहित प्रकाशित समाचार हेरौं ।
नेपाली जनताको अर्बै डिपोजिट रहेको, दर्जनौ वित्तिय कम्पनी बीच मर्जर भई बनेको लुम्बिनी विकास बैंक भित्र ७० करोड भन्दा बढि घोटाला भएको तथ्य खुलेको छ । लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिसाल, सञ्चालक चिन्तामणी भट्टराई र सीइओ नरेश सिंह बोहोराको प्रत्यक्ष संलग्नतामा यति ठूलो जनताको डिपोजिट हिनामिना हुँदा समेत राष्ट्र बैंक मौन बस्नुको भित्री रहस्य के हो ? कारण हो गर्भनर डा. चिरनजीवी नेपालसंगै घर भएका संगै गुच्चा खेल्ने पाल्पाली सञ्चालक भट्टराईकै कारण उक्त घोटाला काण्ड कारवाहीको अन्तिम चरणमा पुगेर रोकिएको भेटिएको छ ।

सुन्दा पनि लाज लाग्ने हेर्दा त घिन लाग्ने एउटा जिम्मेवार पदमा बसेको मान्छेबाट हुन्छ भन्दा पत्याउन गाह्रो होला । तर, राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनबाटै प्रस्टै देखिन्छ । लुम्बिनी विकास बैंक भित्र भएका दर्जनौ घोटाला काण्डका नाईके सञ्चालक चिन्तामणी भट्टराईलाई कारवाहीबाट बचाउन किन लागे गर्भनर डा. नेपाल यसको उत्तर अब अर्थमन्त्री डा. युवराज खतिवडाले आम डिपोजिटकर्ता र लगानीकर्तालाई दिनुपर्ने बेला आएको देखिन्छ । लुम्बिनी विकास बैंक प्रमोटर र सञ्चालकहरुको मात्रै रकम भएको बैंक पक्कै होइन ।

२ अर्ब भन्दा बढि डिपोजिट आम सर्वसाधारण जनताको छ । तर, बैंक चलाउने र बैंक चलाउन निर्देशन दिने दुबै पक्ष विभिन्न आर्थिक घोटाला काण्डमा फसेका व्यक्ति छन् । भन्दा फरक पर्दैन । दर्जनौ वित्तिय संस्था मिली बनेको लुम्बिनी विकास बैंक भित्र दर्जनौ घोटाला काण्ड भएको राष्ट्र बैंकद्वारा केही महिना अगाडी गरिएको लुम्बिनी विकास बैंकको विशेष निरीक्षण प्रतिवेदनबाटै पुष्टि भएको छ ।
उक्त प्रतिवेदन भित्र भएका दर्जनौ घोटाला काण्ड लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी भित्र भएका हुन । अहिले यो कम्पनी लुम्बिनी विकास बैंक बनेको छ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीमा करिब १७ वर्ष सीइओ भएर राज मच्चाएका चिन्तामणी भट्टराईले आफ्नै सम्पत्ती जस्तै गरि सो फाइनान्स कम्पनीमा लुट मच्चाएको राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमै उल्लेख छ ।

लुम्बिनी विकास बैंकमा विलयन भएको लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी भित्र भएका दर्जनौ घोटालाले अहिले लुम्बिनी बैंक थला मात्रै परेको छैन । जनताको डिपोजिट डुब्ने निश्चित जस्तै देखिएको छ । यदि राष्ट्र बैंकले समयमै लुम्बिनी बैंकका सीइओ नरेश सिंह बोहोरा सञ्चालकद्वय दशरथ रिसाल र चिन्तामणी भट्टराईलाई कारवाही नगरे बैंक डुब्ने प्रायः निश्चित देखिएको छ ।

एउटा डिपोजिटकर्ताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास बैंक भित्रका दर्जनौ घोटाला काण्ड छानवीन गरी कारवाही गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको छ महिना भन्दा बढि वितेको छ । राष्ट्र बैंकको टोलीले विशेष स्थलगत निरीक्षण गरि प्रतिवेदन बुझाएको ४ महिना वितेको छ । सो प्रतिवेदन भित्र दर्जनै घोटाला काण्डका प्रमाण भेटिएका छन् । तर, सीइओ बोहोरा, सञ्चालकद्वय रिसाल र भट्टराईलाई कारवाही हुँदैन । गर्भनर डा. नेपालज्यू यसको उत्तर जनतालाई तपाईले दिनुपर्दछ कि पर्दैन ? अर्को महत्वपूर्ण कुरा के छ भने लुम्बिनी विकास बैंकमा सञ्चालक चिन्तामणी भट्टराईकै संयोजकमा मर्जर कमिटी कनेको थियो । सो कमिटीले मेगा बैंक नेपाल लिमिटेडसंग मर्जर गर्ने अन्तिम जस्तै निर्णय गरेको थियो ।

तर, बैंकमा लुट्न नपाउने भएपछि र आफू सञ्चालक हुन नपाउने भएपछि चिन्तामणी भट्टराईले मर्जर भाँडेको फेला परेको छ । गर्मनर साब यस्ता दर्जनौ घोटाला काण्डको नाइके लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराई माथी तपाईले कारवाही नगरे डिपोजिटकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा मार्फत डेलिकेशन जाने बताएका छन् । साथी जोगाउने होइन गर्भनर साब जनताको डिपोजिट जोगाउने दायित्व तपाईको हो कि होइन ?

राष्ट्र बैंकको विशेष स्थलगत सुपरिवेक्षक टोलीले तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका सीइओ हालका लुम्बिनी विकास बैंकका सञ्चालक चिन्तामणी भट्टराईलाई रकम असुली गर्न र कारवाही गर्न सिफारिस गरेको निरीक्षणबाटै तयार गरेको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकलाई कारवाही गर भनेपनि लुम्बिनी बैंकका सञ्चालक भट्टराई किन कारवाहीमा परेनन् । यसको खोजी हामीले शुरु गरेका छौं ।
तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका सीइओ भट्टराईले सो फाइनान्स कम्पनीमा विभिन्न शिर्षक बनाई गरिएको दर्जनौ आर्थिक घोटाला गरेको देखिएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले छानबीन गरि कारवाही सिफरिस गरेको थियो । तर, उनी माथी अझै कारवाही भएन । अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ?

बैंकमा घोटाला काण्ड चर्केपछि तत्कालीन सीइओ झलक प्रसाद खनालले राजिनामा दिएका थिए । लुम्बिनी विकास बैंकको बोर्डले कारवाहीको साटो राष्ट्र बैंकलाई पत्र लेख्दै पुन विचार गरिदिनु हुन आग्रह गरेका थिए । सो आग्रह पत्र सहित राष्ट्र बैंक पुगेका सञ्चालक भट्टराईको निवेदन लिदै गर्भनर डा. चिरनजीवी नेपालले तत्काल कारवाही अगाडी नबढाउने तोक लेखिदिएको भेटिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने आदेश गर्भनरबाटै भएपछि लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराईलाई अहिले सम्म कारवाही भएको छैन । कारण थियो गर्भनर डा. नेपाल र सञ्चालक भट्टराईको जिल्ला एउटै पाल्पा हो । उनीहरुसंगै पढेको कारण जनताको पैसामा घोटाला हुँदा पनि कारवाही भएन अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू, अब तपाईले यो प्रतिवेदन हेर्ने कि ?

भट्टराईको घोटाला काण्डमा राष्ट्र बैंकले कारवाही नगरेपछि तत्कालीन सञ्चालक डा. रुपज्योतिले राजिनामा दिए । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका कारण ७० करोड रकम लुम्बिनी विकास बैंकमा प्रोभिजन भएको देखिन्छ ।
काण्डै काण्ड भित्रको काण्ड
काण्ड नम्बर १
जनताको रगत र पसिनाबाट जम्मा भएको ३४ लाख रुपैया लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीबाट १७ वर्ष तत्कालनि सीइओ चिन्तामणी भट्टराईले विभिन्न ठाउँमा लगानी गरि चलाएको राष्ट्र बैंकको विशेष स्थलगत सुपरिवेक्षक प्रतिवेदनमै उल्लेख छ ।

काण्ड नम्बर २
भट्टराईको मिलोमोतोमा करोडौं कर्जा अपचलन गरेको फेला परेको छ । १७ वर्ष सो फाइनान्स कम्पनीमा राज गरेका उनीले काठमाडौं मल प्रा.लि.का मालिक बीर शम्शेर राणालाई कमसल धितो राखी १ करोड ७२ लाख भन्दा बढि कर्जा प्रवाह गरेको देखिन्छ । यो कर्जा अहिले प्रभिजन मात्रै गरिएको छैन । कर्जा उठ्ने संकेत नै छैन ।

काण्ड नं. ३
तत्कालीन सीइओ भट्टराईले २०७० साल फाल्गुनमा २ करोड ५० लाख कर्जा दिएका पूर्णहिरा तुलाधरलाई नियम विपरित सीइओ भट्टराईको एकल निर्णयले २२ लाख ३० हजार ब्याज मिनाह गरिएको भेटिएको राष्ट्र बैंकको विशेष निरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
काण्ड नम्बर ४
तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीले गैर बैकिङरुपमा सरकारको विजुली बजारको घर ३ करोड ९५ लाखमा बिक्री गरी सो रकम सीइओ चिन्तामणी भट्टराईको श्रीमती मेलिना भट्टराई अध्यक्ष रहेको आमा बचत तथा ऋण सहकारी संस्थाको ऋण तिरेको देखिन्छ । सो सम्पत्ती बिक्री गरी सीइओ भट्टराईले प्रकाश चन्द्र बस्नेत, मिनर्भा मल्ल र रबिन्द्र मल्लको ऋण तिरेको राष्ट्र बैंकको निरक्षण प्रतिवेदनमै उल्लेख छ । यी त पात्र मात्रै हुन यस्ता सयौं घोटाला भट्टराईबाट भएको प्रतिवेदनमा उल्लेख छ ।

यी र यस्ता दर्जनौ घोटाला काण्डका नाइके लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराईलाई राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालले कारवाही रोकेपछि अहिले उनी लुम्बिनी विकास बैंकमा अध्यक्ष फेर्ने सीइओ, डिपुटी सीइओ आफ्नो आफ्नो ल्याउने र फेरि लुम्बिनी विकास बैंक लुम्बिनी फाइनान्स जस्तै गरि लुट्ने योजनामा सञ्चालक भट्टराई सीइओ बोहोरा र अध्यक्ष दशरथ रिसाल रहेको प्रस्टै देखिन्छ ।

हालै सञ्चालक भट्टराईको प्रस्तावमा बैंकका अध्यक्ष सुशिल राज पराजुली हटाएर दशरथ रिसाललाई ल्याइएको छ । सीइओ आफ्नो साथी र डिसीइओ ससुराली खलकका नातेदारलाई बैंकमा भित्र्याएको देखिन्छ ।
यो कस्तो बैंकिङ्ग हो गर्भनर डा. चिरनजीबी नेपालज्यू, तपाईकै कर्मचारीले स्थलगत निरीक्षण गरि तपाईलाई नै बुझाएको प्रतिवेदनमा तपाईकै साथी भट्टराईले करोडौं जनताको सम्पत्ती घोटाला गरेको प्रतिवेदनमा उल्लेख छ । के साथी भन्दैमा कानून लाग्दैन ? गर्भनर डा. चिरनजीवी नेपालज्यू यदि तपाईलाई लुम्बिनी विकास बैंकलाई कारबाही गर्न विशेष स्थलगत निरीक्षण प्रतिवेदन चाहिएमा हामी उपलब्ध गराउछौं । तत्काल कारवाही होस् । डिपोजिटकर्ताको सम्पत्ती लुट मच्चाउने अधिकार चिन्तामणी भट्टाराई मात्रै होइन तपाई र मलाई पनि छैन गर्मनर साब ?(राजतिलक साप्ताहिक )

9475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका