जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद्को निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसद्को निर्देशन

पटक पटक स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई संसद्को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको सो समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

मंगलबारको बैठकमा संसदकाे शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले मन्त्रालयका पदाधिकारीसँगका छलफलपछि कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।

सो बैठकमा उपस्थित शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिलाई स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दसैँ अघि नै भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिएका थिए। सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको  बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा सञ्चालन गर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्ग बहादुर अर्यालले परीक्षा सञ्चालनको अन्तिम तयारीको काम समेत आफूहरूले सकेको आर्थिकन्युजलाई बताए। भौतिक उपस्थितिमा नै परीक्षा गराउन सबै तयारी पुरा गरेको बताउँदै उनले भने, “परीक्षाको लागि सम्बन्धित सबै काम सकेका छौँ। सम्बन्धित केन्द्रमा प्रश्न पत्र समेत पुर्याईसकेका छौँ। अब विद्यार्थीले जहाँ पढेको हो त्यहीँ गैर परीक्षा दिनुपर्छ।” उनले दसैँ अघि नै परीक्षा लिइसक्ने गरी तयारी रहेकोले निर्देशन मात्र कुरेको जानकारी दिए।

कोभिड सङ्क्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारीमा शिक्षा मन्त्रालय रहेको उनको स्पष्टोक्ति रहेको थियो। परीक्षा लिनुपर्ने ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड बिरुद्धको खोप दिन सकिने बताउँदै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।

स्मरण रहोस्, यसअघि परीक्षाको अन्तिम तयारीमा रहेको बेला कोरोना सङ्क्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो।

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?