जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सुन आयातका लागि सिफारिस पत्रमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

सुन आयातका लागि सिफारिस पत्रमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

सुन आयातको स्वीकृतिका लागि सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले आयातकर्तालाई सिफारिस शुल्क नदिन आग्रह गरेको हो।

बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा व्यवस्था भएबमोजिम सिफारिस लिँदा कुनै शुल्क नलाग्ने जनाएको छ। बैंकले शुल्क नलाग्ने व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्दै सिफारिस लिन आउने आयातकर्ता वा व्यवसायीलाई नि:शुल्क सेवा दिन समेत निर्देशन दिएको छ।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका