जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।

उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी तथा माननिय स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावलले उद्घाटन गर्नु भएको थियो । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

12220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका