जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१

रिक्स धेरैः पैसा कम

पत्रकारिता पेशा समाज र व्यक्तिको इज्जतको लागि राम्रो पेशा हो । तर, पैसा कमाउने पेशा भने होइन । पैसा कमाउन अरु कुनै पेशा अपनाउनु राम्रो हो । उक्त भनाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालको हो । पत्रकारिता पेशामा जो कोही जान नै चाहदैनन् । कारण हो पैसा कमाई हुँदैन । यो पेशा सुरक्षित पनि छैन । पत्रकारिता पेशामा मुटु दह्रो बनाउनु पर्दछ ।

रिक्स ठूलो लिनुपर्दछ । तर, पैसा हुँदैन मैले सुनेको छु । पत्रकारले तलब पनि पाउदैनन् रे । उनीले थपेः– नेपाल आर्थिक पत्रकार समाजको नयाँ कार्यसमितिसंगको भेटघाट कार्यक्रममा गर्भनर डा. नेपालले भने पत्रकारहरुलाई अध्ययन गर्न र राम्रा समाचार लेख्न सुझाव दिन्छु । पत्रकारहरुको क्षमता बढाउन राष्ट्र बैंक सहयोग गर्न सधैं तयार रहेको समेत उनीले बताए । पत्रकारहरुको प्रश्नमा गर्भनर डा. नेपालले भनेः– व्याजदर बढाउँदा उद्योग व्यवसायी रिसाउने, घटाउदा सबै सर्वसाधारण डिपोजिटकर्ता रिसाउने । यसले हामीलाई मन पराउने कोही पनि छैन । सबै विरोध मात्रै गर्दछन् । उनीले थपे कति बैंकर त हामीलाई चुनौती दिँदै शक्ति केन्द्र देखि अदालतसम्म पुगेका छन् ।

आर्थिक पत्रकारहरु बीच गर्भनर डा. नेपालले भनेः– केन्द्रिय बैंक मर्जर र प्राप्तिका नीति लिएर अगाडी बढेको छ । पछि हटेको भन्ने सत्य होइन । उनीले थपेः– बैंक र वित्तिय क्षेत्रको चुनौती भनेको नै साइबर क्राइम नै हो । यो नेपालमा मात्रै नभई विश्वका विकसित मुलुकहरुमा बढेको छ । गर्भनर डा. नेपालले हालै भएको एटिएम ह्याक बारे गंम्भिर हुँदै भनेः– विभिन्न देशमा भएको एटिएम ह्याक हाम्रो देशसम्म आयो । त्यसैले अब हामी सचेत हुनु जरुरी छ ।

गर्भनर डा. नेपालले बैंकहरुलाई अंकित गर्दै भनेः– पुरानो सफ्टवेयरलाई अपडेट गराउने र नयाँ सफ्टवेयर लागू गर्ने, आइटीदेखि चिप कार्डका कुराहरु सबैमा नयाँ अपडेट गराउन बैंकहरुलाई भनिरहेका छौँ । जनताको पैसा सुरक्षीत गर्ने दायित्व बैंकहरुकै हो ।

गर्भनर डा. नेपालले थपेः– बिदाको बेलामा अलिकति धेरै साइबर अपराधहरु बढी हुन्छन् । त्यसैले बैंकको कामहरुको बारेमा बिदाको बारेमा सबैलाई जानकारी गराउने त्यससम्बन्धी सजक हुनु जरुरी छ । उनले भनेः– पछिल्लो घटनामा उस्तै तरिका अपनाएर ह्याकरले बदमासी गरे ।
मर्जरको प्रसङ्ग उठाउदै गर्भनर नेपालले भने त्यही भएर अमेरिकामा अहिले एथ वेयर वेव मर्जर भनेर शुरु गरेका छन्, अमेरिकामा ८ हजार जति बैंक तथा वित्तीय संस्था छन् ।

तिनलाई ४ हजारमा झार्ने नीति अमेरिकी सरकारको छ । यस्तो गर्नुको पहिलो कारण हो साइवर, आइटी अत्यन्तै महंगो भएर हो । हरेक बैंकले सफ्टवेयर किन्दा धेरै महंगो पर्न गई बैकको नाफा पनि घट्न गयो नि ।

गर्भनर डा. नेपालले खुशी हुँदै भनेः– राष्ट्र बैंकले हालैमात्र रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस सिस्टम) शुरु गरेको हुँ । यो प्रणाली शुरु भएसँगै नेपालमा पनि विद्युतीय भुक्तानी प्रणालीको नयाँ युगमा शुरु भयो भन्ने सन्देश प्रवाह भएको छ नि ।
करिब १ घण्टा पत्रकार बीच रहेका गर्भनर डा. नेपालले आफ्नो कार्यकालमा बैंक र वित्तिय क्षेत्रमा सुधार भएको बताउँदै पूँजी बृद्धि देखि कर्पोरेट सुसाशन बढेको दाबी समेत गरे ।

6700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका