जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी बैंकको पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

कुमारी बैंकको पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

कुमारी बैंक लिमिटेडको दुलेगौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सो विद्मालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको छ ।

स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविन राज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवद्घारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्र्रदान गर्नु भएको थियो । विद्मालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको यस विद्मालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

आफ्ना देशव्यापी १२० शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

7140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका