जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका तलबी ग्राहकहरुले फोनलोनबाट २ लाखसम्म ऋण पाउने

प्रभु बैंकका तलबी ग्राहकहरुले फोनलोनबाट २ लाखसम्म ऋण पाउने

प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइलबाटै कर्जा लिन मिल्ने फोनलोन सुविधा संचालनमा ल्याएको छ। बैंकका ग्राहकहरुले प्रभु मोबाइल बैंकिङ एपबाट आफुलाई आवश्यक परेको बेला सजिलै दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने बैंकले जनाएको छ। 

यो सुविधा हाल बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले मात्र पाउने बैंकले जनाएको छ। सुविधा प्रयोग गर्न बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एपबाटै फोनलोनको लागि अनुरोध गर्न सक्नेछन्।

फोनलोनको अनुरोध पाउनु साथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाएर ग्राहकले फोनलोन सुविधामा पाउने कर्जा सीमा निर्धारण हुने बताइएको छ। उक्त कर्जा भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुने बैंकले जनाएको छ। 

यसबाट तत्काल आफ्नो साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकको छ। साथै, सानोतिनो कर्जा कारोबारको लागि बैंक धाउनु पर्ने झण्झट अन्त्य हुने बताइएको छ ।

6705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका