जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • अर्थसचिवबाट अवकाश हुन लागेका राजन खनाललाई राष्ट्र बैंकबाट बिदाइ

अर्थसचिवबाट अवकाश हुन लागेका राजन खनाललाई राष्ट्र बैंकबाट बिदाइ

अर्थसचिव डा. राजन खनाललाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट आज औपचारिक रुपमा बिदाइ गरिएको छ।

खनाल गत बर्षको चैतबाट राष्ट्र बैंक सञ्चालक भएका थिए। राष्ट्र बैंक सञ्चालक समिति सदस्यमा अर्थमन्त्रालयका सचिव पदेन सदस्य हुन्छ।

अर्थसचिव खनाल पदेन सञ्चालकमा रुपमा त्यहाँ पुगेका थिए। खनाल बुधबारबाट अर्थसचिवबाट अवकाश हुँदैछन्। त्यही भएर उनी स्वत राष्ट्र बैंक सञ्चालकबाट पनि मुक्त हुनेछन्।

गभर्नर नेतृत्वको सञ्चालक समितिमा अन्य ६ जना सञ्चालक हुन्छन्। अर्थसचिवसँगै दुई जना डेपुटी गभर्नर र तीन जना सरकारले नियुक्त गरेका ब्यक्ति सञ्चालक समितिमा हुन्छन्।

खनालले महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिमाथि विद्यावारिधि गरेका छन्। उनले सन् १९९३ बाट सरकारी सेवामा प्रवेश गरेका थिए।

गभर्नर डा. चिरञ्जिबी नेपालले खादा ओढाएर खनालको बिदाइ गरेका थिए। उनले आगामी भविस्यका लगि शुभकामना पनि ब्यक्त गरेका थिए। सञ्चालक समिति बैठक बालुवाटार कार्यालयमा नबसी थापाथली कार्यालयमा बसेको थियो।

नयाँ बनिरहेको भवनका बारेमा जानकारी पनि दिने गरी थापाथलीमा सञ्चालक समिति बैठक बसेको हो।

6650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका