जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अल्का अस्पतालमा टिएफटी परीक्षण निःशुल्क

अल्का अस्पतालमा टिएफटी परीक्षण निःशुल्क

थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताललको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाइ गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताला प्रशासन प्रमुख भगवान केसीले जानकारी दिनुभयो ।

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उहाँले बताउनुभयो । शिबिर गर्नुअघि थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुदैँ पुन जावलाखेल आएर सकिएको थियो । र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङता भएका ब्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?