जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गैरआवासीय नेपाली संघको अध्यक्ष अब बद्री केसी, ६ महिनामै एनआरएन फण्डको आईपिओ ल्याउने प्रतिवद्दता

गैरआवासीय नेपाली संघको अध्यक्ष अब बद्री केसी, ६ महिनामै एनआरएन फण्डको आईपिओ ल्याउने प्रतिवद्दता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्। आज शुक्रवार एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा अध्यक्ष डा. केसीले अफ्नो १९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । अक्टोबरसम्मको लागि अध्यक्ष बनेका उनले  ११ औं महाधिवेशन अक्टोबर अगाडी नै अगावै सम्पन्न गर्ने प्रयास गरिने बताएका छन् ।

उनले नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइने र  हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइने प्रतिवद्दता व्यक्त गरेका छन् । साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा आइपीओ मार्फत जोडिने र त्यसमा गैरआवासीय नेपालीलाई जोड्न ६ वटै रिजनमा नेपाली समुदायको बाहुल्य रहेको स्थान रोड शो गरिने जनाएका छन्। उनले यो काम ६ महिना मै सक्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले लामो समयदेखि अपेक्षा गरिरहेको गैरआवासीय नागरिकताको सुनिश्चिता गर्न पहल गरिने साथै प्राप्त उपलब्धिलाई रक्षा गर्दै वंशजमा आधारित नागरिकता निरन्तरता लगायतको व्यवस्था गर्न थप पहल गरिने बताएका छन् ।

१० औ अधिवेशनबाट एनआरएनए  बहुपदीय प्रणालीमा प्रवेश गरेपछि संघमा तीन जनाको सामूहिक नेतृत्व स्थापित भएको हो। १० औ महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई अध्यक्ष चयन गरेको थियो । उनीहरुबीच आलोपालो कार्यकारी अध्यक्षको काम गर्ने सहमति भयको थियो  ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका