कृषि विकास बैंकको नाफा २२.८० प्रतिशतले बढेर एक अर्ब ५८ करोड रुपैयाँ नाघेको छ। बैंकले साढे ६ अर्बले ब्यापार बढाएर नाफा बृद्धि गरेको हो।
यद्यपी बैंकको ब्याज खर्च २० प्रतिशतले बढ्दा ब्याज आम्दानि भने करिव ६ प्रतिशतले मात्र बढेको छ। एक वर्षको अवधिमा बैंकले निक्षेप ८ अर्ब ३३ करोडले बढाएको थियो।
बैंकसँग अहिले कुल निक्षैप १ खर्ब २७ अर्ब पुगेको छ भने ऋण एक खर्ब १५ अर्ब रुपैयाँ पुगेकोछ । बैंकको खराब कर्जा घट्न थालेको छ। बैंकको आधार दर पनि घटेको छ। स्प्रेड घटेपनि अझै नियामकीय प्रावधानभन्दा माथि छ ।