जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता, ओएमआर सफ्टवेयर प्रयोग गरी जोखिम घटाउने

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता, ओएमआर सफ्टवेयर प्रयोग गरी जोखिम घटाउने

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई) ले सहकार्य गर्ने भएका छन्। 

एनबीआईले एभरेष्ट बैंकलाई अनरेसनल रिस्क म्यानेजमेन्ट सफ्टवेयर (ओएमआरएस) उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको छ। 
उक्त सफ्टवेयरले तथ्यांकहरुको आन्तरिक नोक्सानीको सूचना उपलब्ध गराउन सघाउनुका साथै बैंकमा हुन सक्ने महत्वपुर्ण जोखिम संकेत गर्ने बैंकले जनाएको छ। 

ती जोखिमहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न उक्त सफ्टवेयरले सहजीकरण गर्ने बताइएको छ। सफ्टवेयरले बासेल-३ अनुसारका संचालन जोखिमलाई नियन्त्रण गरी व्यवस्थापन गर्ने बैंकले जनाएको छ। 

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। 

6470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?