प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने - Aathikbazarnews.com Aathikbazarnews.com प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने - Aathikbazarnews.com
जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०७६
मङ्लबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने

प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने

प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई  निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरि एक हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बांकि (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।

बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ  । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । आरविवि मर्चेण्ट बैकिङ्क,लि. राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।

आ. व. २०७६।७७ को दोस्रो त्रैमासको प्रतिवेदन अनुसार प्राइम कमर्सियल बैंक लि.को चुक्ता पूँजी ९६८,६८,५१,७०० रुपैयाँ र जगेडा कोष  ३,१९,६७,३१,२५३ रुपैयाँ , प्रति शेयर आम्दानी २६/८६ रुपैयाँ रहेको छ । साथै बैंकको संचित आय २,४६,११,१७,१३९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका