जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआइसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई पाँचतारे सोल्टी होटलमा डेबिट कार्ड वा क्यूआर कोडबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउने छन् । बैंक र सोल्टी होटलबीच यस्तो समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरे ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्याल, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकले सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

3355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?