जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ललिता निवासमा अचम्मको कर्जा प्रवाह

ललिता निवासमा अचम्मको कर्जा प्रवाह

सुन्दा पनि अचम्म लाग्ने काम बैंकरहरुले गरेका छन् भन्दा पत्याउन गाह्रो होला । तर, यस्तै अचम्मको कर्जा प्रवाह भएको खुलेको छ । सरकारी जग्गा हो भनि थाहा पाउँदा पाउँदै नेपालका १ दर्जन वाणिज्य बैंहरुले कर्जा दिनु आफैमा आश्चर्यजनक काम मात्रै होइन कानून विपरित पनि हो भन्न पछि पर्नु हुँदैन ।

सरकारी बालुवाटारको ललिता निवास अत्यन्तै महत्वपूर्ण व्यक्ति बस्ने ठाउँ र महंगो जग्गा व्यक्तिको नाममा ल्याउने मुख्य गिरोह सोभाकान्त ढकाल, मीन बहादुर गुरुङ, रामकुमार सुवेदीकै मिलोमतोमा १ दर्जन वाणिज्य बैंकहरुले २ अर्ब ४१ करोड भन्दा बढि कर्जा दिएको खुलेको हो । पूर्व सचिव शारदा प्रसाद त्रिपाल नेतृत्वको छानवीन समितिले ललिता निवासको छानवीन प्रतिवेदन बुझाए संगै १ दर्जन भन्दा बढि बैंकहरुले जनताको डिपोजिटबाट दिएको कर्जा डुब्ने निश्चित जस्तै बनेको छ ।

सो प्रतिवेदनमा भनिएको छः– १ दर्जन भन्दा बढि बैंकहरुले २ अर्ब ४१ करोड भन्दा बढि कर्जा लगानी गरको भेटिएको छ । यसबाटै पुष्टी हुन्छ कि बैंकहरुको कर्जा उठ्ने आधार अब केही बाँकी छैन, भनेर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना बिरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेसंगै १७५ जना मध्ये ५०÷६० जनाको नाममा रहेको ललिता निवासको जग्गामा अधिकाशं वाणिज्य बैंकहरुले कर्जा प्रवाह गरेको खुलेको छ । समाचार स्रोत भन्दछः– भाटभटेनी सुपर मार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङलाई सानिमा बैंक, सनराईज बैंकले बोलाई÷बोलाई ललिता निवासको जग्गा धितो राखी ५०÷५० करोड कर्जा दिएको खुलेको छ ।

सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडिया नै ललिता निवास काण्डमा फसेका छन् । उनीकै बैंक सिद्धार्थ बैंकबाट सोभाकान्त ढकालले ४५ करोड भन्दा बढि ललिता निवासको जग्गा धितो राखी कर्जा लिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

यि त पात्र मात्रै हुन । दर्जनौ वाणिज्य बैंकहरुले अर्बै कर्जा दिएका कारण अहिले केही बैंकहरुको कर्जा नउठे पछि ठूलो मात्रामा प्रोभिजन भएका रिर्जल्ट वाहिर आएको स्रोतको दाबी छ ।

यसैबीच नेपालमा भ्रष्टाचार र अनैतिक काम कसरी र कहाँबाट हुनछ भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेत बिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएबाटै पुष्टी भएको छ ।

सत्ता र शक्तिमा रहँदा पद को चरम दुरुपयोग गर्ने पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छादार, केही पूर्व मन्त्री र केही पूर्व सचिवहरु विरुद्ध पनि ललिता निवास जग्गा प्रकरणमा फसेका छन् । सुन्दा पनि अच्चम लाग्ने एउटा काण्ड छलाछुल्ल भयो । त्यो थियो ललिता निवास जग्गा प्रकरण काण्ड । यस घोटला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेत, पूर्व प्रधानमन्त्री बिजयकुमार गच्छादार देखि पूर्व मन्त्री र पूर्व सचिव बिरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै दीप बस्नेत, बिजयकुमार गच्छादार लगायत १७५ जनालाई भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

मुद्दा दर्तासंगै ललिता निवासको जग्गामा लगानी गरेका नेपालका बैंकहरुको यत्रो धन राशी फसेपछि जनताको डिपोजिट कसरी उठ्ने हो । यसबारे सम्बन्धित निकायले समयमै चासो देखाउनु पर्दछ पर्दैन ?

नाफा बढि कमाउने होडबाजी गरि सरकारी जग्गा हो भनी बुझि बुझि लगानी गरेका बैंकका सीइओ साबहरुले अब चिसो दिमाग लगाएर सोचे हुन्छ । पद ठूलो कुरा होइन जनताको डिपोजिट ठूलो कुरा हो । सचेत भया । राजतिलक साप्ताहिक

15810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका