जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अख्तियारले लुकाएको फाइल सिआईबीले खोल्योः ३० आना जग्गा लिजमा दिँदा ५ अर्ब घोटला ?

अख्तियारले लुकाएको फाइल सिआईबीले खोल्योः ३० आना जग्गा लिजमा दिँदा ५ अर्ब घोटला ?

५/६ वर्ष अगाडी नेपाल ट्रष्टको जग्गा लिजमा दिँदा घोटला भयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । त्यसबेलाका प्रमुख आयुक्त नबिन घिमिरेले उजुरी दराजमा लुकाएर तामेली गरे । आज त्यही फाइल नेपाल प्रहरीको (सिआईवी)ले अनुसन्धानको घेराउमा ल्याएको छ भन्दा फरक पर्दैन । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने एउटा जग्गा लिजमा दिँदा ५ अर्ब घोटला भएको फेला परेको छ ।

३० आना नेपाल ट्रष्टको कार्यलयको दरबारमार्गको जग्गा लिजमा दिँदा तत्कालीन सरकारले ५ अर्ब भन्दा बढि भष्ट्राचार गरेको भेटिएको छ । यहि फाइल नेपाल प्रहरीको (सिआईबी)ले छानवीन शुरु गरेसंगै नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सह–सचिव लेख बहादुर कार्की पक्राउ परेका छन् भन्दा फरक पर्दैन । उक्त जग्गा लिजको सबै काम गृहमन्त्रीद्वय विमलेन्द्र निधी र शक्ति बहादुर बस्नेत भएको समयमा भएको आर्थिक बजार न्यूजडटकमलाई प्रायः कागज–पत्रबाट पुष्टि भएको छ भन्दा फरक पर्दैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपाल ट्रस्ट कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गर्‍यो । भन्दा फरक पर्दैन । उनलाई चितवनबाट पक्राउ गरिनुको मुख्य कारण दरबारमार्गस्थित ३० आना जग्गा लिजमा दिंदा साढे ५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको सीआइबीको दाबी छ । भन्दा फरक पर्दैन । नेपाल ट्रष्टको कार्यालयले २०७४ जेठ १४ गते दरबारमार्गस्थित आफ्नो ३० आना जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिएको थियो । जग्गामा भवन निर्माण अवधि तीन वर्षसहित ३० वर्षका लागि थामसेर्कु ट्रेकिङलाई लिजमा दिनुअघि नेपाल ट्रष्टको कार्यालयले टेण्डर आह्वान गरेको थियो । २०७३ असार १४ गते गरिएको टेण्डरमा थामसेर्कुका अलावा अरु दुई कम्पनीले जग्गा लिजमा लिन प्रस्ताव पेस गरेका थिए । थामसेर्कुले जग्गाको हकमा १ अर्ब ४० करोड १० लाख ८६ हजार र भवन निर्माणको हकमा १९ करोड २९ लाख ६५ हजार रुपैयाँ तिर्ने प्रस्ताव गर्‍यो । अरु दुई कम्पनीको प्रस्तावमा त्यो भन्दा कम रकमको थियो ।

नेपाल ट्रष्टले जग्गा लिजमा दिंदा अनियमितता भयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । तर, अख्तियारका तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले उजुरी तामेलीमा राखे र भष्ट्रहरुलाई जोगाएको देखिन्छ ।

एउटा कम्पनीले ६२ करोड २४ लाख ५८ हजार र अर्को कम्पनीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका कारण थामसेर्कुले जग्गा लिजमा दिएको भेटिएको छ । नेपाल ट्रष्टले जग्गा लिजमा दिंदा अनियमितता भयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । तर, अख्तियारका तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले उजुरी तामेलीमा राखे र भष्ट्रहरुलाई जोगाएको देखिन्छ । नेपाल ट्रस्टले लिजका लागि टेण्डर आह्वान गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी नेता शक्तिबहादुर बस्नेत गृहमन्त्री थिए । टेन्डर थामसेर्कुले पाउँदा भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री थिए । त्यतिखेर गृहमन्त्री नेपाल ट्रष्टको अध्यक्ष हुन्थे । हेक्का होस् ।

नेपाल ट्रस्ट कार्यालयको जग्गा लिज सम्झौता भएको साढे ६ वर्षपछि अहिले दरबारमार्गको जग्गाको बजार भाउ प्रति आना अधिकतम ४ करोड रुपैयाँ छ । सरकारी मूल्यांकन अनुसार दरबारमार्गको मूल सडकमा जोडिएको जग्गाको भाउ प्रति आना ७२ लाख ६० हजार रुपैयाँ छ ।

अख्तियारले उच्च नेताहरु नै जोडिने कारण उजुरी तामेलीमा राखेको भनिएको यही प्रकरणको अनुन्धान अगाडि बढाउने क्रममा नेपाल प्रहरीको सीआईबीले अवकाशप्राप्त सहसचिव कार्कीलाई पक्राउ गरेको देखिन्छ । जेनजी विद्रोहपछि गठित सरकार आएपछि एआइजी डा. मनोज केसीले सीआइबीको नेतृत्व सम्हालिरहेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भुषण राणादेखि ठूला व्यापारी जोडिएका फाइल खोलिरहेका छन् । उनले त्यही क्रममा नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणको फाइल खोलेको देखिन्छ । नेपाल ट्रस्ट कार्यालयको जग्गा लिज सम्झौता भएको साढे ६ वर्षपछि अहिले दरबारमार्गको जग्गाको बजार भाउ प्रति आना अधिकतम ४ करोड रुपैयाँ छ । सरकारी मूल्यांकन अनुसार दरबारमार्गको मूल सडकमा जोडिएको जग्गाको भाउ प्रति आना ७२ लाख ६० हजार रुपैयाँ छ । नेपाल ट्रष्टले लिजमा दिएको मितिमा अहिले चल्तीमा रहेको मूल्य पनि थिएन । अर्थात आजको चल्तीको मूल्यमा हिसाब गर्दा पनि ३० आना जग्गाको बजार भाउ सवा एक अर्ब रुपैयाँमात्र हुन्छ । भन्दा फरक पर्दैन ।

थामसेर्कुले आफूले कुनै बद्नियत नराखी जग्गा लिजमा लिएको भन्दै सीआइबीले चलखेलको आशंका गरेको भाडा तिर्न कोही पनि तयार दाबी गर्दै विज्ञप्ती नै निकालेको छ ।

‘किनेर आफ्नै स्वामित्वमा आउने जग्गाको भाउ नै सवा एक अर्ब हाराहारी मात्र हुने अवस्थामा भाडा रकममा के आधारमा साढे ५ अर्बभन्दा बढी चलखेल हुन्छ? सवा अर्बमा किन्न पाइने जग्गाको भाडा करिब सात अर्ब रुपैयाँ तिर्न को लाटो छ र ?,’ एक जग्गा कारोबारीले पंक्तिकारसँग भने, ‘सीआइबीले एक जना अवकाशप्राप्त कर्मचारीलाई समाते पनि यसमा उसले भनेको रकम चलखेल भएको कुरा कुनै कोणबाट पनि पत्याउन सकिंदैन नि ।’ थामसेर्कुले आफूले कुनै बद्नियत नराखी जग्गा लिजमा लिएको भन्दै सीआइबीले चलखेलको आशंका गरेको भाडा तिर्न कोही पनि तयार दाबी गर्दै विज्ञप्ती नै निकालेको छ । ‘६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरबारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोग बापत मात्रै ६ अर्ब तिर्न कोही मन्जुर हुन सक्ला ? थामसेर्कुले प्रेस विज्ञप्ति मार्फत प्रश्न गरेको छ ।

थामसेर्कुले जग्गा लिजबापत हालसम्म नेपाल ट्र्ष्टको कार्यालयलाई २१ करोड रुपैयाँ बढी रकम भुक्तानी गरेको दाबी गरेको छ । सीआइबीले भने टेन्डर प्रक्रियाका केही कागजातमा केरमेट गरेको र अन्य प्रमाण देखिएपछि तत्कालीन सहसचिव कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ

थामसेर्कुले जग्गा लिजमा लिएपछि भवन बनाएको थियो । भवन निर्माणमा सुरुको अनुमानभन्दा दोब्बर अर्थात ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । उसले दाबी गरेको छ । थामसेर्कुले जग्गा लिजबापत हालसम्म नेपाल ट्र्ष्टको कार्यालयलाई २१ करोड रुपैयाँ बढी रकम भुक्तानी गरेको दाबी गरेको छ । सीआइबीले भने टेन्डर प्रक्रियाका केही कागजातमा केरमेट गरेको र अन्य प्रमाण देखिएपछि तत्कालीन सहसचिव कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ । ‘नेपाल ट्रस्टलाई दीर्घकालीन नोक्सान हुने गरी लिज लिने लाभग्राहीलाई सहयोग गरेको देखिएका कारण हामीले तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएका हौं,’ सीआइबीका एसएसपी शिवकुमार श्रेष्ठले पंक्तिकारसंग दाबी गरे । सचेत भया ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका