जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् ।

प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाउँदा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित क्यानका ४ कर्मचारी तथा अरु दुई जना र एक कम्पनीविरुद्ध बुधबार मुद्दा दायर गरेको थियो ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका