जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • बूढानीलकण्ठमा रहेको लेमन ट्रि होटलले ९ महिनामा गर्‍यो १६ करोडको व्यापार

बूढानीलकण्ठमा रहेको लेमन ट्रि होटलले ९ महिनामा गर्‍यो १६ करोडको व्यापार

बूढानीलकण्ठ हेरिटेजद्वारा सञ्चालित पाँचतारे होटलले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ करोड रुपैयाँको व्यापार गरेको छ । लेमन ट्रि प्रिमियर ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्दै आएको कम्पनीले सन् २०२४ को सेप्टेम्बरबाट मात्र पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएको थियो । आंसिक रुपमा भने सन् २०२४ को मार्चबाट होटल सञ्चालनमा आएको थियो ।

सन् २०१८ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले ९९ वटा कोठाको सुविधासहित पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । होटल २ अर्ब ३९ करोड ६० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । होटलको प्रतिकोठा निर्माण गर्न २ करोड ४२ लाख रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ ।

गत आवको ९ महिनाको अवधिमा १६ करोड रुपैयाँको कारोबार गर्दा नाफा भने कमाउन सकेको छैन । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ८.९ प्रतिशत घाटा व्यहोरेको रेटिङमा उल्लेख छ । कम्पनीले लेमन ट्रि होटलसँग १५ वर्षका लागि फ्रेन्चाइजको सम्झौता गरेको छ । लेमन ट्रिको भारत, भुटान, नेपाल र दुबईमा गरी एक सयभन्दा बढी प्रोपर्टी सञ्चालित छन् ।

कम्पनीमा बिजनेश इन्ट्रेष्ट ग्रुपको १०.७ प्रतिशत, आद्यान्त फन्ड म्यानेजमेन्टको ९.४७ प्रतिशत, स्काइ टच इन्भेष्टमेन्ट एन्ड कन्सल्टेन्सीको ७.७ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७.१० प्रतिशत, पाठक एन्ड सन इनभेष्टमेन्ट ५.४६ प्रतिशत, जनकप्रसाद भट्टको ३.९३ प्रतिशत, डा. राजेन्द्र केसीको ३.१४ प्रतिशत र अन्यको स्वामित्व छ ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका