प्रभु इन्स्योरेन्सको लाभांश पारित - Aathikbazarnews.com Aathikbazarnews.com प्रभु इन्स्योरेन्सको लाभांश पारित - Aathikbazarnews.com
जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०७६
मङ्लबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स (PRIN) को प्रस्तावित लाभांश पारित भएको छ । इन्स्योरेन्सको माघ २४ गते शुक्रबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन पारित गरी कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पूँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको जानकारी गराए । ग्राहकहरुलाई आवश्यक सेवाहरु छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीति अनुरुप बीमा क्षेत्रमा टेवा पुर्याउन कम्पनी प्रतिवद्ध रहेको बताए ।

वार्षिक साधारण सभामा शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै कम्पनीले पूँजी बृद्धिको अनुपातमा १६.३२ प्रतिशत लाभांश बितरण गर्नसक्नु गौरवको कुरा रहेको बताउदै कम्पनीको प्रगति अत्यन्त सन्तोषजनक रहेको र आगामी दिनमा अझ राम्रो गर्दै जान सुझाव दिए ।

बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूजी १ अर्व ५ करोड ६२ लाख ७५ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका